रास्वपाले आज प्रतिनिधि सभामा किन गरेन नाराबाजी ? : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

रास्वपाले आज प्रतिनिधि सभामा किन गरेन नाराबाजी ?

मेरो आर्थिक मेरो आर्थिक असार ५ गते २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा जारी राखेको संसदको विरोधको स्वरूप फेरेको छ ।

विहिबारको प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसदहरुले वेल अगाडी पलेटी कसेर बसेका छन् भने उनीहरु यसअघि जस्तो नाराबाजी गरेका छैनन् । 

सभामुख देवराज घिमिरेले संसद्को नियमित प्रक्रिया जारी रहेको समयमा नाराबाजी कायम गरिए बैठक कक्षाबाट निकाल्ने चेतावनी दिएपछि रास्वपाले विरोधको स्वरूप फेरेको बताइएको छ । सभामुख घिमिरेसँग रास्वपाले नाराबाजी नगर्ने सहमति गरेको बुझिएको छ ।

भिजिट भिसा प्रकरणको विरोध गरिरहेको अर्को दल राप्रपाले भने अवरोधका बीच संसद संचालन गरेको भन्दै आजको बैठक पनि बहिष्कार गरेको छ । एभरेष्ट न्यूज एजेन्सी,

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?