गोकुलको प्रश्न- हरेक साल जेठ-असारमा मल र कृषिमन्त्री किन एकसाथ बेपत्ता हुन्छन ?


काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले हरेक साल जेठ-असारमा मल र कृषिमन्त्री किन एकसाथ बेपत्ता हुन्छन ? भन्दै व्यंग गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले नेपालमा सत्ता तालमेलको साँचो कता छ भनेर साधारण जनताले सजिलै थाहा पाउछन तर हरेक साल जेठ-असारमा मल र कृषिमन्त्री किन एकसाथ बेपत्ता हुन्छन ? कसैले थाहा नपाउने भो भनेका छन् ।
उनले भनेका छन्-
बरु नेपालमा सत्ता तलमेलको साँचो कता छ भनेर साधारण जनताले सजिलै थाहा पाउछन । तर हरेक साल जेठ-असारमा मल र कृषि मन्त्री किन एकसाथ बेपत्ता हुन्छन ? कसैले थाहा नपाउने भो । राजनितिमा घेराबन्दी तोड्ने कुरा गरेको धेरै भो सुनेको तर मलको घेराबन्दी तोड्ने कुनै बहादुर नेता निस्केन । लौ न कोही छ !
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%