प्रधानमन्त्री ओली र स्पेनका समकक्षी साञ्चेजबीच भेटवार्ता : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

प्रधानमन्त्री ओली र स्पेनका समकक्षी साञ्चेजबीच भेटवार्ता

मेरो आर्थिक मेरो आर्थिक असार १५ गते २०८२

सेभिया (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच दुईपक्षीय भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) साञ्चेजबीच आज दुईपक्षीय भेटवार्ता भएको हो ।

आजै स्पेनको म्याड्रिड हुदै सेभिया पुगेका प्रधानमन्त्री ओलीको आज नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन गर्ने र स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गरिने रात्री भोजमा सहभागी हुने लगायतका कार्यक्रम रहेका छन् । 

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?