स्रोत नखुलेको रकमसहित महोत्तरीबाट दुई जना पक्राउ : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

स्रोत नखुलेको रकमसहित महोत्तरीबाट दुई जना पक्राउ

मेरो आर्थिक मेरो आर्थिक असार १५ गते २०८२

महोत्तरी । सम्सी गाउँपालिका-४ भेटपुर पछवाडी टोलस्थित सडकबाट स्रोत नखुलेको नगद ३ लाख ७३ हजार नेपाली रूपैयाँ र ७ हजार भारतीय रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामगोपालपुर नगरपालिका-७ बस्ने ३६ वर्षीय जमसेद अंसारी र ४४ वर्षीय दुखा अंसारी रहेका छन् ।

प्रहरी चौकी गैंडाभेटपुरबाट खटिएको प्रहरीले भारतको कन्हमा बोर्डरबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एपी १५११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?