काँग्रेस नेता मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

काँग्रेस नेता मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश

मेरो आर्थिक मेरो आर्थिक असार १५ गते २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई विशेष अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

आइतबार विशेष अदालतमा उपस्थित भएका बस्नेतलाई न्यायाधीशहरू तेज नारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासले २५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

बस्नेतमाथि नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १ गते मुद्धा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको छ ।

अख्तियारले ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) घोटाला प्रकरणमा संलग्न भएको ठहर गर्दै तत्कालिन मन्त्री बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत गरी १६ जनालाई प्रतिवादी बनाएको छ । बस्नेतविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बराबरको विगो माग गरिएको छ । 

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?