बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-२ घर भएका ४७ वर्षीय खड्ग बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०८० फागुन २२ गतेको फैसलाले १० दिन कैद सजाय र २० लाख रूपैयाँ जरीवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ बल्खुबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको जनाएको छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%