प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित

मेरो आर्थिक मेरो आर्थिक असार १५ गते २०८२

काठमाडौं । प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पेश गरेको संघीय निजामती सेवा विधेयक बहुमतले पारित भएको हो ।

आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले भने भिजिट भिसा प्रकरणमा आफ्नो विरोध कायम राख्दै बैठक बहिष्कार गरेका थिए । 

यस विधेयकमा निजामती कर्मचारीले माथिल्लो तहबाट अवकाश पाएपछि संवैधानिक, कूटनीतिक र राजनीतिक पदमा नियुक्ति खान कुलिङ पिरियड दुई वर्ष राखिएको छ ।

त्यस्तै यस विधेयकमा निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद बढाइएको छ। अहिलेसम्म कर्मचारीहरूले ५८ वर्षमा अवकाश पाउँदै आएकोमा विधेयकले ६० वर्षमा अवकाश दिने गरी व्यवस्था गरेको छ । त्यस्तै, सेवा प्रवेशको अधिकतम उमेर घटाइएको छ । अधिकृत तहको पदमा २१ वर्ष पूरा भएको तर ३२ बर्ष पूरा नभएको पुरुष र ३७ वर्ष पूरा नभएको महिला सेवा प्रवेशका लागि योग्य हुनेछन् । अहिलेको कानुन अनुसार पुरुषहरूले ३५ वर्षसम्म र महिलाहरूले ४० वर्षसम्म निजामती सेवामा प्रवेश गर्न पाउँछन् ।

प्रतिनिधि सभाबाट पारित भएसँगै यो विधेयक अब विधेयक राष्ट्रिय सभामा पेश हुने छ ।  

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?