रास्वपाको सचिवालयको बैठक बस्दै


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको बैठक बोलाएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आज बिहान साढे ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने गरि कार्यवाहक सभापति डिपी अर्यालले सचिवालय बैठक बोलाएका हुन् ।
बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधि तथा रूपन्देही क्षेत्र नम्बर ३ उपनिर्वाचन सम्बन्धमा छलफल हुने एजेन्डा रहेको झाले जानकारी दिएका छन् ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%