सामान्य प्रशासनमन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न रास्वपाको माग : Mero Aarthik
असार २९ गते २०८२
ब्रेकिङ न्यूज

सामान्य प्रशासनमन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न रास्वपाको माग

मेरो आर्थिक मेरो आर्थिक असार २९ गते २०८२

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग गरेको छ । 

आइतबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले मन्त्रिपरिषद्मा रहेका केहि मन्त्रीहरूको सेटिङ बाहिर आएको भन्दै त्यसको छानविन गर्न माग गरेकी हुन् । 

साथै सांसद श्रेष्ठले कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे सेटिङ,जिल्लाको भूमि आयोगको अध्यक्ष नियुक्तिमा सेटिङ र भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजेको विषय बाहिरिएको भन्दै यसको छानविन हुनुपर्ने माग गरिन् ।

त्यस्तै श्रेष्ठले भिजिट भिसा प्रकरणमा सदनमा निरन्तर आन्दोलन हुँदा पनि भिजिट भिसामा मानवतस्करी गर्ने काम नरोकिएको भन्दै आफूहरूले उठाउँदै आएको भिजिट भिसाको प्रकरणको संसदीय छानबिन हुनुपर्ने आफुहरुको माग यथावत रहेको बताएकी छन् ।

उनले भनिन्- ‘हामीले उठाउदै आएको विषय स्पेनको सेभियाको केसले झन् पुष्टि गर्यो – कति महत्वपूर्ण छ र सान्दर्बिक र औचित्यपूर्ण छ भनेर । सबै भन्दा दुखको कुरा चाही – सदनमा आन्दोलन हुदै बेला पनि बिचौलियाहरुलाई न डर न भय न संकोच। कसको अकरमन्यताले गर्दा यस्तो आट मानव तस्कर र सम्ग्लरहरुमा पलाएको हो?  सदनको गरिमा त निलो रिबनमा भन्दा यसमा खोज्नु पर्ला सभामुख महादय । देशको उच्चतम निकायको गरिमा कसले खसाएको छ र कसरी ?’ 

रास्वपा र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । 

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?