सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाई सकियो, अर्को बैठकबाट निर्णय हुने

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस तीनजनाको संसदीय सुनुवाइ सकिएको छ ।
प्रस्तावित सबैको सुनुवाइ भएपनि समितिबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा अर्को बैठकबाट आवश्यक निर्णय लिइने समिति सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइएकी छन् ।
न्याय परिषदको जेठ २६ गतेको बैठकले सर्वोच्च अदालतको तीन न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, मुख्य न्यायाधीश श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपरिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपालको नाम सिफारिस गरेका थिए ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्रै प्रस्तावित न्यायाधीशहरूलाई राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%